फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु
पाेखरा | जेठ २६, २०८१
पोखरा: कास्कीको फुस्रेखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ ।
पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्न पुगेका पर्वतको कुश्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको हो ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि खोज तलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भएको थियो ।
बेपत्ता सुवेदीको शव फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थाबाट झिकेको थियो ।
उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

