फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु

पाेखरा | जेठ २६, २०८१

फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु

पोखरा:   कास्कीको फुस्रेखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ ।

 

पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्न पुगेका पर्वतको कुश्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको हो ।
 

खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खबर पाएपछि खोज तलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भएको थियो ।

 

बेपत्ता सुवेदीको शव फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थाबाट झिकेको थियो ।

 

उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।


        


 

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्

काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखि...

थप पढ्नुहोस्